नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए ।
उनले शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पु¥याउन बाँकी रहेको भन्दै त्यसलाई निस्कर्षमा पु¥याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने बताए ।
नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भुमिका खेल्ने जनता र सांसहरुप्रति धन्यवाद प्रकट गरे ।