राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई दिनको बीचमा भएको छलफलबारे ब्रिफिङ गरेका छन् ।प्रधानमन्त्री प्रचण्डलाई दिएको दुई दिनको अल्टिमेटम सकिएपछि रास्वपाकाे आकस्मिक बैठक बसेकाे हो।
शनिबार अबेरसम्म चेलेकाे बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएकाले भोलि फेरि बस्ने गरी सकिएको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहको साटो भौतिक पूर्वाधार तथा यातायात वा अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका छन् । रास्वपाका अध्यक्ष रवि लामिछानेसँग आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले गृहको साटो भौतिक पूर्वाधार वा अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ ।रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय दिने प्रस्तावसँगै प्रधानमन्त्री प्रचण्डले सो मन्त्रालयमा पार्टी सभापति लामिछानेको साटो अरूलाई पठाउन पनि आग्रह गरेका छन् ।
तर,रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । भौतिक पूर्वाधार मन्त्रालय रास्वपालाई दिएपछि गृहमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई ल्याउने प्रधानमन्त्रीको तयारी रहेको स्रोतको भनाइ छ ।