सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुट्दा दुर्गन्ध फैलिएको छ त्यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो ।
ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालकहरुले सास्ती व्यहोर्नुपरेको छ । सिंहदरबार पूर्वी गेटमा मंगलवार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ ।