नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन्।
प्रतिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिनुहुँदै उनले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औँल्याए । मुलुकको कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाब, सुशासनको कमजोर अवस्थालाई सुधार तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न दलहरुबीच गहिरो एकताको खाँचो रहेको बताए ।
सामाजिक सुरक्षाको खर्च बढिरहेको छ । यो खर्च कसरी उठाउने ?”, उनले भने, “निर्मम शैली अपनाएर खर्च कटौती गर्नु जरुरी छ ।” विप्रेषण (रेम्यिान्स)को भरमा मात्र मुलुक चल्न नसक्ने उल्लेख गर्दै उनले विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा खर्च गर्ने वावावरण बनाउन आग्रह गरे ।
दलहरुको विभाजित मानसिकताबाट लोकतन्त्र जकडिएको जनाउँदै उनले लोकतन्त्रलाई जोगाएर अगाडि लैजान सहमतिको आवश्यकता रहेको बताए । पछिल्ला समय मुलुकमा राजनीतिक नेतृत्वको अभाव र राष्ट्रिय आत्मविश्वासको अभाव हुँदै गएको महसुस हुन थालेको उनको भनाइ छ । सकारात्मक सोच, सहमति ,सहकार्यको सोचबाट मात्रै राष्ट्रिय नेतृत्व प्राप्त हुन सक्ने उनको विश्वास छ ।