प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रदेशमा मन्त्रिपरिषद विस्तारमा सकस भइरहँदा दुई नेताबीच भेट भएको हाे। भागबण्डामा सकस हुँदा अधिकांश प्रदेश प्रमुखहरु काठमाडौंमा भेला भएका छन् ।
उनीहरुले शीर्ष नेतृत्वलाई भेट गरिरहेका छन् र केन्द्रको निर्देशन पर्खिरहेका छन् ।सबै प्रदेशमा मुख्यमन्त्री नियुक्त भए पनि प्रदेश १ बाहेक अन्य कुनै प्रदेशले मन्त्रीलाई जिम्मेवारी दिन सकेका छैनन् ।
दुई नेताबीच राष्ट्रपतिको निर्वाचनका बारेमा पनि छलफल भएकाे बुझिएको छ । राष्ट्रपतिको निर्वाचन माघ २८ भित्र गरिसक्नु पर्ने भएपनि निर्वाचन आयोगले अहिलेसम्म मिति तोकेको छैन ।कांग्रेसले राष्ट्रपतिको निर्वाचन निर्धारित मितिमै हुनुपर्ने माग राखेको छ ।