प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् ।
प्रधानमन्त्री दाहालले गजुरेललाई मन्त्रीसरहको सेवा सुविधा पाउने गरी प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका हो । सिन्धुलीका स्थायी वासिन्दा गजुरेल माओवादी केन्द्रका उपमहासचिव समेत छन् ।