नेपाली कांग्रेसले समानुपातिकतर्फ बन्दसूचीमा रहेका सांसदको नाम टुंगो लगाउन केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको नेपाली कांग्रेसले जनाएको छ।
निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दललाई पत्र पठाएपछि कांग्रेसले कार्य सम्पादन समितिको बैठक बोलाएको हो। प्रतयक्षमा ५७ सिट जितेको कांग्रेसबाट समानुपातिकतर्फ पाएको मतका आधारमा ३२ सांसद निर्वाचित हुनेछन्। तीमध्ये २९ जना महिला र तीन जना पुरुषको नाम कांग्रेसले निर्वाचन आयोगमा पठाउने छ।
निर्वाचन आयोगले तीनदिने समय दिएर बन्दसूचीमा रहेका नाममध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार बेलुका पत्र पठाएको थियो।