वन विनाश गरेर गोदावरी जंगलमा राजधानी बनाउन लागेको समाचार नागरिकलगायतका राष्ट्रिय दैनिक पत्रिकाले लेखेको भन्दै भू-माफिया र काठ तस्करको समूहले कैलालीको अत्तरियामा राष्ट्रिय दैनिक पत्रिकाहरू जलाएका छन्।
बुधबार बिहान ६ बजे पाँच–सात जनाको समूहले नेपालगञ्जबाट कान्तिपुर, नागरिक र अन्नपूर्ण पाेस्ट दैनिक पत्रिका छोड्न गएकाे गाडीबाट अत्तरियाको निलम पुस्तक पसल अगाडिबाट थुतेर सडकमा जलाएको छ।
अत्तरियामा भूमाफिया र काठ तस्करहरुले पाँच-सात जनालाई परिचालन गरेर अत्तरियामा रहेका नागरिक, कान्तिपुर र अन्नपूर्ण दैनिक पत्रिकाहरु जलाएका हुन्। पत्रिका जलाउनेहरुको खोजी कार्य भइरहेको प्रदेश ७ का प्रहरी प्रमुख सुरज केसीले बताए।