नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् । कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन् ।
गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले) का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सोही क्षेत्रबाट उनले लगातार चौथोपटक जित हासिल गरेका हुन्। विसं २०४८ देखि नेपाली कांग्रेस विजयी हुदै आएको नवलपरासी वर्दघाट सुस्तापूर्व क्षेत्र नं १ बाट वीपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइराला पछिल्ला चार निर्वाचनमा विजयी भएका छन् यसपटकको निर्वाचनमा निकै चुनौतीका बीच पनि कोइराला आफ्नो विरासत कायम राख्न सफल भएका छन् ।