मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का महेश बर्तौला निर्वाचित भएका छन् ।एमालेका उम्मेदवार बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गर्दा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार विरोध खतिवडाले ३० हजार ३९६ मत प्राप्त गरेका थिए ।
२०४८ सालदेखि चार पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित खतिवडालाई पाँचौँ पटकमा आफ्नै पूर्व कार्यकर्ता बर्तौलाले हराएका हुन्। २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित खतिवडालाई विजयी बनाउन बर्तौलाको महत्त्वपूर्ण साथ रहेको थियो ।