नेपाली कांग्रेस सुर्खेतका प्रभावशाली नेता हृदयराम थानी ३४ हजार ६२५ मत ल्याएर विजयी भएका छन्।
बुधबार बिहान सकिएको मत गणनामा थानीले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्। थानीले ३४ हजार ६२५ मत पाउँदा एमालेका बीसीले २९ हजार ५५८ मत पाएका छन्।
छौटौं पटक संसदीय निर्वाचन लडेका थानीले तेस्रो जित निकालेका हुन्। २०५१ को निर्वाचनमा सुर्खेत–२, बाट पहिलोपटक संसदीय निर्वाचन लडेका थानीले जित्न सकेनन्। २०५६ को निर्वाचनमा सुर्खेत–२ बाटै निर्वाचित भए।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पराजित थानी २०७० को निर्वाचमा सोही क्षेत्रबाट विजयी बने। उनी २०७३ मा सहकारी तथा गरिवी निवारण मन्त्री भए।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा हार व्यहोरेका थानी तेस्रो पटक निर्वाचित भएका हुन्।