नेकपा (माओवादी केन्द्र) ले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको खोलेको छ। माओवादी उम्मेदवार लेखनाथ दाहाल २७ हजार ५ सय १७ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले विजयी भएका छन्। थापाले २१ हजार ३ सय ५५ मत पाएका छन्।
सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन्। उनले १ हजार ५ सय ५३ मत पाएका छन् भने राप्रपाका भिष्मराज श्रेष्ठले १ हजार ३ सय ४० मत पाएका छन्।