चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको सवारी साधनमा तोडफोड भएको छ । चुनाव प्रचारमा रहेकाे समयमा बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर भरतपुरमा तोडफोड गरेका हुन्।
श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।प्रहरीले उनीहरुको खोजी गरिरहेकाे छ ।