निर्वाचन नजिकिँदै जाँदा कांग्रेसभित्रकाे विवाद पनि गहिरिदै गएकाे छ । आन्तरिक विवादकाबीच नेता डा. शेखर कोइरालाले बिहीबार बिहान चियापान कार्यक्रमकाे आयाेजना गरेर आफ्नाे शक्ति देखाएका छन् ।
काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा आयाेजना गरिएकाे चियापान कार्यक्रम कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत सहभागी थिए ।पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी नभएका नेताहरु आजको चियापान कार्यक्रममा भने सहभागी भए।
आगामी निर्वाचनको सिट बाँडफाँटमा सम्मानजनक रुपमा टिकट पाउनुपर्ने माग गर्दै आएको शेखर पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो । आफूहरूकाे मागकाे सुनुवाइ नभएसम्म दबाब मुलक कार्यक्रम जारी राख्ने र प्रधानमन्त्री निवास बालुवाटारमा समेत धर्ना दिने काेइराला पक्षले बताएका छन् ।काेेइराला पक्षले विभिन्न कार्यक्रम गरी विरोध जनाउँदै आएका कारण चुनावी गठबन्धनमा असर पर्ने देखिन्छ ।