लोकतान्त्रिक समाजवादी पार्टीकी निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।
बुधबार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेत्री चौधरीलाई पार्टीमा स्वागत गरेका हुन् । बालुवाटारमा नेपाली कांग्रेसको सदस्यता प्रदान गर्दै सभापति देउवाले नेत्री चौधरीलाई स्वागत गरेका थिए ।
साे अवसरमा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा पनि उपस्थित थिइन्। नेत्री चौधरीलाई कांग्रेसमा स्वागत गर्न नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, जिल्ला सदस्य विकासकुमार ठाकुरलगायत बालुवाटार पुगेका थिए।