आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका गठबन्धन दल सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ । दसैंको कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने भएका कारण दलहरू निर्णायक छलफलमा जुटेका हुन् ।
गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये अधिकतम सिटमा सहमति जुटिसकेको छ भने प्रदेशसभातर्फका ३३० सिटको बाँडफाँटबारे कार्यदलले जुटाएकाे सहमति शीर्ष नेताहरूलाई बुझाएका छन् ।
बिहान ११ बजेदेखि बालुवाटारमा सिट बाँडफाँटको विषयमा भइरहेकाे छलफल सहमतिमा पुग्नुे विश्वास गरिएकाे छ ।गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये नेपाली कांग्रेसले ८०-८५, माओवादी केन्द्रले ४५-४७, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले १५-१७ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने गरी सहमतिको प्रारम्भिक खाका तयार भएको छ । कतिपय क्षेत्रमा भने दलहरूबीच कुरा मिल्न सकेकाे छैन ।
बैठकमा कार्यदलहका सदस्यहरु नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, वर्षमान पुन, गिरीराजमणि पोखरेल, नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुषाल, प्रमेश हमाल, जनता समाजवादी पार्टीका मनिष सुमन र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुगा पौडेललगायतका नेताहरु सहभागी छन् ।