नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा प्राप्त सबै सामग्री फिर्ता गरेका छन् । प्रतिनिधि सभाको कार्यकाल सकिएपछि भट्टराईले आइतवार आफूले सांसदको हैसियतमा प्राप्त गरेको सबै सामग्री फिर्ता गरेकाे उनको सचिवालयले भनेको छ ।
उनी २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङ जिल्लाबाट २९ हजार ४७९ मत प्राप्त गरी विजयी बनेका थिए । उनले सांसदको हैसियतमा पाएको रातो पासपोर्ट समेत फिर्ता गरेको उनको सचिवालयले जनाएको छ ।