नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने बताए।
हजिल्ला पाँचथर आइपुग्नुभएका आङदेम्बेले नेपाल प्रेस युनियन जिल्ला शाखाले सदरमुकाम फिदिममा आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनमा आवद्ध दलबीच सिटको भागवण्डाबारे छलफल चलिरहेको बताए। एउटा मात्र निर्वाचन क्षेत्र भएकाले आफू सङ्घीय उम्मेदवार बन्ने उनले बताए।
पटक–पटक सरकार परिवर्तन र मन्त्री फेरिरहँदा सरकारले दिगो विकास र लक्ष्यअनुरुप काम गर्न नसक्ने हुँदा स्थायी सरकार बन्न आवश्यक रहेको सहमहामन्त्री आङदेम्बको भनाइ छ। “स्थायी सरकार बनेर नागरिकको काम गर्नका निम्ति पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिनुको विकल्प छैन”, उनले भने।