नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री दीपक भट्टराई तनहुँबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचनको प्रतिस्पर्धामा जुटेका छन्। आगामी मंसिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा आफ्नो उम्मेदवारी दाबी गरेका हुन्।
युवाको भविष्यको लागि, मुलुकको समृद्धि, तनहुँको परिवर्तन र प्रगतिको लागि आफनो उम्मेदवारी भएको नेता भट्टराईले दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन्।
‘हामी हाम्रो भुगोलसँगै समग्र देशको विकास गछौं’ भट्टराईले भने। युवाको सोचले नै मुलुकको समृद्धिको आधार भएकोले राजनीतिक दल युवाको मनमुटुमा बस्न सक्नुपर्ने भट्टराई बताउँछन्। भट्टराईले भने ‘युवासँग क्षमता र सामर्थ छ तर सोच नभएकोले पछि परेका छौं।’
उनी २०५२ सालको शिक्षा सेवा आयोगमा निमावि तहको नाम निकालेर पनि अन्तरवार्ता नदिइ राजनीतिमा होमिएका हुन्।