नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी गठन गरेको छ ।
बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सबै सदस्यहरु, केन्द्रीय निकाय अनुशासन, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय प्रतिनिधि परिषद्का पदाधिकारीहरुलाई राखेर कमिटी गठन गरेकाे हाे ।
उक्त कमिटीमा प्रदेश कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्ष र महासचिव, कन्द्रीय विभागका सचिवहरु, केन्द्रीय निर्वाचन परिचालन कमिटीको सदस्य रहने एमालेले जनाएकाे छ ।