नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र ममहाराष्ट्रका पूर्ब मुख्यमन्त्री एवं राष्ट्रवादी कांग्रेसका अध्यक्ष शरद पवारबीच भेटघाट भएको छ।
नयाँदिल्लीस्थित पवार निवासमा भएको १ घण्टा लामो भेटमा नेपालको विकास तथा नेपाल भारत सहयोगका बिषयमा कुराकानी भएको थियो।
निधि र पवारबीच कृषि र सहकारी तथा नेपाल भारत सम्बन्ध र विकासलगायतका बिषयमा कुराकानी भएको थियो। तीन कार्यकाल महाराष्ट्रका मुख्यमन्त्री भइसकेका पवार कृषि र सहकारीका ख्यातीप्राप्त अभियन्ता हुन्। आधुनिक कृषिमा महाराष्ट्रको मोडल सह्रानीय मानिन्छ।
निधिसँगको भेटमा पवारले नेपालमा कृषिका विद्यार्थीलाई उनको गृहनगर बारामतीमा कृषि र सहकारीको अध्ययनका लागि निम्तो दिएका छन्। निम्तोका लागि धन्यवाद दिदैं निधिले निकट भबिश्यमा नेपाली विद्यार्थीलाई अध्ययन भ्रमण गराउने बताएका छन्।
यसैबीच, नेता निधि र भारतका अर्थराज्यमन्त्री पंकज चौधरीबीच नयाँदिल्लीमा भेटघाट भएको छ। नयाँदिल्लीस्थित मन्त्री चौधरीको निवासमा भएको भेटमा नेपाल भारत सम्बन्ध र द्धिपक्षीय हितका बिषयमा कुराकानी भएको थियो।