भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिबराजसिंह चौहानबीच भेटघाट भएको छ।
मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकासमा सहयोग गर्ने लगायतका बिषयमा कुराकानी भएको थियो।
१६ बर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहेका चौहानलाई कांग्रेस नेता निधिले नेपालको काठमाडौं, जनकपुर र लुम्बिनी भ्रमणको निम्तो दिएका छन्। जवाफमा उनले निकट भबिश्यमै नेपाल भ्रमण गर्ने बताएका छन्।