नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले कम्युनिस्ट पार्टीलाई जोगाउका लागि एकता अपरिहार्य रहेको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एकता राष्ट्रिय अभियानको दोश्रो भेलामा गौतमले कम्युनिस्टलाई जोगाउनका र बलियो बनाउनका लागि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकता हुनुपर्ने बताए।
स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्तिको रुपमा र प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि बलियो हुने तर्क गरे। उनले कांग्रेस कम्युनिस्टको मित्र भए पनि कांग्रेसले नेतृत्व जारी राखे एमसीसीजस्ता आयोजना आइरहने तर्क गरे। अहिले कम्युनिस्ट पार्टीलाई एकतामा ल्याउन मध्यस्तकर्ताको आवश्यकता रहेकाले आफु नै उक्त भूमिका निर्वाह गर्ने उनको भनाई थियो। उनले एकताका लागि आफु जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए।
गौतमले यसअघि नेकपामा प्रचण्डले केपी ओलीमाथि लगाएको आरोप फिर्ता नलिदा पार्टी विभाजन भएको र आफु एकताको पक्षमा लागेको जिकिर गरे।