सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन्।
नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताए।
अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्नलायक रहेको दाबीसमेत गरे।
प्रचण्डले पहिलाे चाेटि प्रधानमन्त्री हुँदाकाे अनुभव सुनाउँदै भने, ‘पहिलोचोटि प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो। यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौं महिला बिति गो। तर,दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चनै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ। मलाई त्यसमा गर्व छ।
तपाईहरूको आशीर्वाद हो भने अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मनभित्र छ। यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरूमाथि निर्मर प्रहार गर्दै अघि बढ्ने बताए।
वामपन्थीबीच एकता गरेर स्थायित्व पनि दिने, विकास पनि दिने, सामाजिक न्याय पनि दिने भन्ने सपना देखेर जे गरियो। त्यो सफल भएन, प्रचण्डले भने।