धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईलाई चार हजार ७ सय ६२ मतअन्तरले पराजित गरेका हुन्।
धरानमा २०४६ सालको जनआन्दोलनपछि कम्युनिष्ट पार्टी विजयी हुँदै आएका थिए। कम्युनिस्ट पार्टीले नेतृत्व पाएको सहरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार विजयी भएका हुन्। २०७४ सालको स्थानीय निर्वाचनमा धरान नगरको प्रमुख तारा सुब्बाको निधन भएपछि २०७६ सालको उपनिर्वाचनमा कांग्रेसले विजयी भएको थियो।