गोकर्णेश्वर नगरपालिकाको वडा नं ६ र ७ मा पनि एमाले विजयी भएको छ ।वडा नम्बर ६ मा एमालेका वडाध्यक्षका उम्मेदवार नवराज लामा विजयी भएका हुन् ।
लामाले १४२७ मत ल्याई नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार दीपक लामालाई पराजित गरेका हुन् । दीपक लामाले १३५० मत पाएका थिए ।यस वडामा अध्यक्ष एमालेले जिते पनि ४ वटै वडा सदस्य नेपाली कांग्रेसले जितेको छ ।
यस्तै वडा नम्बर ७ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार केशव गुरुङले निर्वाचित भएका छन् ।
गुरुङले ४८८ मत ल्याई नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार कुमार अर्याललाई पराजित गरेका हुन् । अर्यालले ४५० मत पाएका थिए।
वडा अध्यक्ष र खुल्ला सदस्य एमालेले जिते पनि ३ वटै वडा सदस्य नेपाली कांग्रेसले जितेको छ । यस नगरपालिकाको वडा नं १,२ र ३ मा एमालेको प्यानलै विजयी भइसकेको छ ।