ओखलढुंगाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाको मेयमा कांग्रेसका तेजन खनाल निर्वाचित भएका छन् ।
एमालेकी इच्छाकुमारी गुरुङलाई पराजित गर्दै कांग्रेसका खनाल मेयरमा निर्वाचित भएका हुन् । खनालले ६७९१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेकी गुरुङले ५६५० मत प्राप्त गरिन् ।
उपमेयरमा भने एमालेका केदारबाबु बस्नेत निर्वाचित भएका छन् । बस्नेतले ५६९८ मत पाउँदा माओवादी केन्द्रका रुपेश शाक्यले ५१८२ मत पाए ।