ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले झण्डै तेब्बर मतका साथ अग्रता कायम गरेका छन्।
नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १ हजार ६८३ मत ल्याउँदा चिरीबाबुले ४ हजार ७२८ मत पाएका छन्।
उपमेयरमा भने नेकपा एमालेकी मञ्जली शाक्यले २ हजार ८३ मतसहित अग्रता लिएकी छन्। गठबन्धनका उपमेयर उम्मेदवार माओवादीका बाबुराजा बज्राचार्यले १ हजार ५२४ मत पाएका छन्।