कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रत्यासी राजकुमार नकर्मीले आफ्ना प्रतिद्वन्दीलाई दोब्बर मतको फराकिलो अन्तरले पछाडि पारेका छन्।
७ वटा वडाको मत गणना सकिंदा नकर्मीले ६ हजार ४०० मत पाएका छन् भने प्रतिस्पर्र्धी एमालेका केशरत्न बज्राचार्यले ३ हजार २०० मत पाएका छन्। अहिले वडा नं ८ को मतगणना भइरहेको छ। वडा नं ८ को मतगणनामा पनि नकर्मी अग्र स्थानमा छन्।
एमालेको बलियो संगठन मानिएको कीर्तिपुरमा पहिलोे पटक कांग्रेस मेयरमा विजय उन्मुख भएको हो।