संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन्।
सत्तारूढ गठबन्धनको साझा उम्मेदवार रहेका थपलियाले ८ हजार ३४ मत ल्याएर विजयी भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले ५ हजार ५८९ मत ल्याएका छन्।
घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा खाँदबारी नगरपालिका उपप्रमुख भएका थिए।
उपप्रमखमा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन्। उपप्रमुख बज्राचार्यले ६ हजार ३८५ मत ल्याएर विजयी भएकी छन्। उनका निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिब्यराज बरालले ५ हजार १४७ मत ल्याएका छन् ।