जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज साहले मतान्तर बढाएका छन्।
वडा नम्बर १ को ७८० मत गणना हुँदा साहले २५९ मत ल्याएका छन् भने नेकपा एमालेका शिवशंकर साह (हिरा) ले १०५ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार बलराम महतोले ६१ मत र गठबन्धनबाट जसपा उम्मेदवार निवर्तमान मेयरलाल किशोर साहले ३६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मनोज चौधरीले ४७ प्राप्त गरेका छन्। यस्तै जानकीराम साहले ३२ मत ल्याएका छन्।
उपमेयरमा कांग्रेस उम्मेदवार किशोरी साहले ३ सय मत पाएका छन् भने एमालेका उम्मेदवार रुणा झाले १ सय ३५ मत पाएकी छन्।