गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएकाे छ । आज दिउँसाे सम्पन्न मतगणनामा वडा अध्यक्षमा द्वारिका श्रेष्ठसहितकाे प्यानल विजयी भएकाे हाे ।
श्रेष्ठले १४ सय २८ मत प्राप्त गर्दा उनका प्रतिश्पर्धी कांग्रेसका उम्मेदवार राम मानन्धरले ९ सय ३९ मत पाएका थिए । विजयीहरूलाइ एमालेका सांसद कृष्ण राइले टिका र खादा लगाएर बधाई तथा शुभकामना दिए । गाेकर्णेश्वरमा एमालेले विजयकाे सुरूवात गरेकाे छ । यसअघि साे वडामा कांग्रेसले विजय प्राप्त गरेकाे थियाे ।