मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी भएका हुन् । उनले ७६० मत पाएका थिए।
एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ मत पाएका थिए ।उपाध्यक्षमा कांग्रेसकै जमुना थापा मगरले ६ सय ९३ मत सहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत प्राप्त गरिन् । त्यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको हो।