हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ।जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको हाे । त्यसको एक घण्टापछि अन्य गाउँपालिकामासमेत सुरु भएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिए। मनाङमा चार गाउँपालिका रहेको छ। त्यहाँ कूल ६ हजार ४९६ मतदाता रहेकाेमा कूल चार हजार ६७ मत खसेको थियाे। २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।