Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Thursday, May 19, 2022 | बिहीबार, जेठ ५, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
अपेक्षाकृत मत खसेन, ४४ केन्द्रकाे मतदान स्थगित
स्पेसखबर
स्पेसखबर काठमाडौं,३० वैशाख
अपेक्षाकृत मत खसेन, ४४ केन्द्रकाे मतदान स्थगित
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।
 
स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अपेक्षाकृत मत नखसेको निर्वाचन आयोगको बुझाइ रहेको छ । आमरूपमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भए पनि ६५ प्रतिशतको हाराहारीमा मत खसेको आयोगको प्रारम्भिक विश्लेषण छ ।
 
आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेको थियो । मतभार धेरै भएका काठमाडौँ महानगरपालिकालगायत तराई मधेसका कतिपय स्थानीय तहमा तुलनात्मकरूपमा कम मत खसेपछि कूल प्रतिशत बढ्न नसकेको हो । आयोगका अनुसार बढीमा ७५ प्रतिशत र कममा ५० प्रशितसम्म मत खसेको छ ।
 
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले अपेक्षा गरेभन्दा कम मत खसे पनि समग्रमा मतदान उत्साहजनक रहेको बताउँदै समग्र विश्लेषण भने आजै गर्न नमिल्ने बताए । आयोगले खडा गरेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र र निर्वाचन पर्यवेक्षण समिति (नियोक) को कल सेन्टरबाट निर्वाचनको अनुगमन गरेको थियो ।
 
आयोगबाट स्वीकृतिप्राप्त ६८ संस्थाका करिब ५० हजार पर्यवेक्षकले पठाएका प्रारम्भिक प्रतिवेदन पनि आयोगमा आउने क्रम जारी रहेको छ । साँझ छ बजेसम्मको विवरण अुनसार १८ वटा स्थानीय तहको ४४ मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगन भएको छ । स्थगन भएका स्थानमा नयाँ निर्वाचन मिति चाँडै घोषणा गरिने आयोगले जनाएको छ ।
 
प्रमुख आयुक्त थपलियाले एकै चरणमा निर्वाचन गर्नुपरेका कारण सुरक्षा प्रबन्ध पर्याप्त नभएको हो कि भन्ने देखिएको र राजनीतिक दल र उम्मेदवारले सानातिना विषयमा पनि विवाद झिकेर लोकतान्त्रिक उच्च संस्कार प्रदर्शनमा कमजोरी दर्शाएकाले ती स्थानमा स्थगन हुने स्थिति देखिएको उनले बताए ।
 
उनले कतिपय तहमा जसरी पनि जित्पुपर्छ र राज गर्न पाउनुपर्छ भन्ने सोच भएका दल र कार्यकर्ताका कारण स्थिति तनावग्रस्त भएको र मतदातालाई दुःख दिने कार्य भएकामा चिन्ता व्यक्त गर्दै भने, “यो लोकतन्त्रका लागि चुनौतीपूर्ण कुरा हो । यसमा सम्बन्धित दल, उम्मेदवार र कार्यकर्ता गम्भीर हुनैपर्छ । गल्ती गर्नेलाई कानूनबमोजिम कारबाही हुन्छ ।
 
अन्यथा त्यस्ता स्थानमा जति पटक निर्वाचन गरे पनि यस्ता समस्या देखा पर्न सक्छन् ।” निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले आवश्यक तयारी गरेको थियो । निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भई सकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
 
यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरुसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवकहरु आ–आप्mनो मतदान केन्द्रमा पुगिसकेका छन् ।
 
स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
 
निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्बाधरूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिएर सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको थियो ।रासस
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९, ०९:५६:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
  • तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
  • मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
  • गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
  • बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
  • गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
जारी मतगणनामा २०५ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा
जारी मतगणनामा २०५ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा
बारा र रौतहटसहित १५ स्थानमा मतदान
बारा र रौतहटसहित १५ स्थानमा मतदान
  • ताजा समाचार
  • ट्रेण्डिङ
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
गोरखामा कांग्रेसको लज्जास्पद हार:  सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?   1
गोरखामा कांग्रेसको लज्जास्पद हार: सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?  
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि 2
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि 3
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता 4
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान? 5
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान?
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP