Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Thursday, May 19, 2022 | बिहीबार, जेठ ५, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
गठबन्धनबीच जहाँ जे जसरी तालमेल भएको छ, त्यसै अनुसार मत दिन कांग्रेस नेता निधिको आग्रह
स्पेसखबर
स्पेसखबर धरान, २४ वैशाख
गठबन्धनबीच जहाँ जे जसरी तालमेल भएको छ, त्यसै अनुसार मत दिन कांग्रेस नेता निधिको आग्रह

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले स्थानीय निर्वाचनमा सत्तासीन दलहरुबीच जहाँ जे जसरी तालमेल भएको छ, त्यसै अनुसार मत दिन आग्रह गरेका छन्।

लोकतान्त्रिक बाम गठबन्धनद्धारा धरान उपमहानगरपालिकामा शनिबार आयोजित प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपसभापति निधिले गठबन्धनका उम्मेदवारहरुलाई मत दिएर जिताउन आग्रह गरे।

Open photo

गठबन्धनका उम्मेदवारहरुले जितेपछि पूर्वी नेपालको पहाड मधेश जोड्ने धरानलाई व्यापारिक शहर बनाउनका लागि पहल गनुपर्ने भन्दै उनले धरानवासीले प्रमुख रुपमा भोग्नु परेको खानेपानीको समस्या समाधानका लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्नेमा जोड दिए।

धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपचुनाबमा कांग्रेसले जितेको भए पनि बहुमत नहुँदा खानेपानी लगायतका समस्या समाधान हुन नसकेको निधिको भनाई थियो। त्यसैले वैशाख ३० को चुनाबमा गठबन्धनका उम्मेदवारलाई मत दिएर धरानमा विकासको ढोका खोल्न उनले मतदाताहरुलाई आह्वान गरे।

एमालेले गत निर्वाचनमा बहुमत ल्याएर सरकार गठन गरेको भए पनि आन्तरिक बिबादका कारण पूरै अबधि सरकार संचालन गर्न नसकेको भन्दै निधिले तीन बर्षको अबधिमा एमालेले कार्यपालिका, व्यबस्थापिका, न्यायपालिका, सुरक्षा निकाय सबै क्षेत्रलाई तहसनहस बनाएको आरोप लगाए।

कार्यक्रममा मेयर पदका उम्मेदवार किशोर राईले संविधान र परिवर्तनका एजेण्डालाई जगेर्ना गर्नका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने बताए। आफूले जितेमा पाँच बर्षको बीचमा धरानको आमूल परिबर्तन गर्ने उनले घोषणा गरे।

Open photo

स्थानीय व्यबसायीहरुसँग सहकार्य गरेर अघि बढ्ने भन्दै राईले २० वटै वडामा बजारीकरण गरी धरानलाई आर्थिक रुपमा समृद्ध शहर बनाउने योजना सुनाए। उमेयरका उम्मेदवार अइन्द्र बिक्रम बेघाले धरानलाई औद्योगिक र व्यापारिक नगरका रुपमा बिस्तार गरिने उल्लेख गरे।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुरेन्द्र तामाको सभापतित्वमा भएको कार्यक्रममा मारवाडी समुदायका तर्फबाट सन्तोष अग्रवाल, मधेशीका तर्फबाट शिबनारायण साह, माओवादीका अशोक राई लगायतकाले गठबन्धनका उम्मेदवारहरुलाई जिताएर धरानबासीको सपना पूरा गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन बिश्वकर्मालगायत जिल्लास्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

यसैबीच, निधिले इटहरी उपमहानगरपालिकामा कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग स्थानीय निर्वाचनमा कांग्रेसको अबस्था बारे छलफल गरेका थिए। छलफलमा कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, मेयरका उम्मेदवार हेमकर्ण पौडेलसहित भीम पौडेल, रोहित प्रसाई, गीता श्रेष्ठ, बीरेन्द्र कार्की,रेखा प्रसाईलगायतले इटहरीमा कांग्रेसको अबस्थाबारे जानकारी गराएका थिए।

निधिले टिकट बितरणमा केही कमिकमजोरी भएको भए त्यसका लागि कांग्रेसका तर्फबाट आफूले पनि जिम्मा लिने भन्दै निर्वाचनपछि समीक्षा गर्न आग्रह गरे। उनले गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउनु आजको प्रमुख दायित्व भएको बताए।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९, १०:४५:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
  • तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
  • मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
  • गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
  • बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
  • गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
जारी मतगणनामा २०५ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा
जारी मतगणनामा २०५ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा
बारा र रौतहटसहित १५ स्थानमा मतदान
बारा र रौतहटसहित १५ स्थानमा मतदान
  • ताजा समाचार
  • ट्रेण्डिङ
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
गोरखामा कांग्रेसको लज्जास्पद हार:  सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?   1
गोरखामा कांग्रेसको लज्जास्पद हार: सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?  
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि 2
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि 3
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता 4
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान? 5
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान?
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP