संसदबाट अविश्वास प्रस्ताव पास भएसंगै पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पदमुक्त भएका हुन्।
विपक्षी दलहरुले उच्च महँगी र सुशासनलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए। अल्पमतमा परेपछि खानले गरेको संसद विघटनलाई अदालतले पुनस्थापना गरिदिएको थियो। त्यसपछि गएराति संसदमा भोटिङ भएको थियो।
पाकिस्तानको नेश्नल एसेम्बलीमा ३४२ सदस्य हुन्छन् । विपक्षी दलहरुले १७२ सिट मात्रै पुर्याए पनि अविश्वास प्रस्ताव पास हुनेमा अविश्वासको प्रस्तावमा १७४ मत परेको थियो।
पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।