गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै एक कर्मचारीमाथि हातपात गरेका छन् ।फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका बेलामा मन्त्री मनाङेले शाखा अधिकृत प्रकाश ओझामाथि मंगलबार हातपात गरेका हुन् । उनीले हिजाे नै कुटिएकाे बारे सम्बन्धित निकायमा जानकारी गएकाे भए पनि खबर आजमात्र बाहिर आएकाे हाे ।
मन्त्री मनाङेले निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अगाडि नै काम सक्न भन्दै ब्रिफिङ गर्ने क्रममा विवाद बढ्दै गएपछि हातपात भएकाे स्राेतकाे बतायाे । पिटीएका ओझाले आफू अस्पताल भर्ना भएकाे जानकारी दिएका छन् । यसबारेमा मन्त्री गुरूङले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।