नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन्।

दोश्रो चरणको निर्वाचन अगावै पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षका मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन्।

पहिलो चरणको मतदानमा सभापति पदका लागि राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, उत्तम जोशी, डा. सूर्यकान्त घिमिरे र कैलाश कोइरालाले उम्मेदवारी दिएका थिए।

पहिल‍ो चरणको मतदानमा खनालले ७ सय ४६ र श्रेष्ठले ६ सय ६२ मत पाएका थिए । यस्तै उत्तम जोशीले ४ सय ७२, डा सूर्यकान्त घिमिरेले ४ सय २६, कैलाश कोइरालाले ४ सय १२ मत पाएका थिए ।खनाल शेखर कोइराला पक्षधर हुन् भने श्रेष्ठ शेरबहादुर देउवा पक्षधर हुन् । पुन मतदान हुने भएसगैँ खनालको पक्षमा सबैले सर्वसहमतका लागि महोल बनाएका थिए ।