प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट नियमित काममा फर्केका छन् । आफूसँगै छलफलमा रहेका गठबन्धनका नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा गत शनिबारदेखि राजनीतिक भेटघाट, औपचारिक कार्यक्रमलाई स्थगित गर्दै घरमै आइसोलेसनमा बसेका थिए ।
एक हप्ताभित्र प्रधानमन्त्री देउवाले दुईपटक कोरोना परीक्षण गराएका थिए । दोस्रो पटक परीक्षण गराउँदा पनि उनको रिपोर्ट नेगेटिभ आएको थियो ।उनले आजलाई मन्त्रिपरिषदको बैठक समेत डाकेका छन् ।आइसोलेसनमा बसेका कारण मन्त्रिपरिषदको नियमित बैठक समेत बस्न सकेको थिएन ।
बिहीबार गरिएको कोभिड परीक्षणमा पनि प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको छ भने यस अघि गत सोमबार गरिएको परीक्षणमा पनि नेगेटिभ आएको थियो ।
गठबन्धनका बैठकमा सँगै सहभागी भएका नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहित केही नेताहरुमा कोरोनाको लक्षण देखिएपछि प्रधानमन्त्री देउवाले गत शनिवारबाट प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबारका सबै कार्यक्रम स्थगित गरेर आइसोलेसनमा बसेका थिए ।