ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी छुटेका छन् ।अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले उनीहरुलाई छाडिएको हो ।
मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदी दम्पती ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोपमा सीआईबीले यही पुस ७ गते ताहचलबाट पक्राउ परेका थिए ।पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा गठित छानबिन समितिले उनी र शोभाकान्त ढकाललाई भूमाफिया भनेर किटान गरेको थियो।
मुख्य अभियुक्त सुवेदी दम्पती पक्राउ परेलगत्तै सीआईबीले ललिता निवास जग्गा प्रकरण मुद्दामा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन पेस गरेकाे थियाे। तर साे प्रतिवेदनमा अझै अनुसन्धान नपुगेको भन्दै सरकारी वकिल कार्यालयले फर्काइदिएपछि सीआईबी थप तथ्यसहितकाे अनुसन्धानमा जुटेकाे छ ।सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सक्ने जनाउँदै प्रतिवेदन बुझाएकाे थियाे ।