बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद विस्तार गर्दै छन् ।बाग्मतीका तेस्रो मुख्यमन्त्री बनेका पाण्डेले आज तेस्रो पटक काँग्रेसबाट थप ५ मन्त्रीलाई सरकारमा लान नै मन्त्रिमण्डल बिस्तार गर्न लागेका हुन् ।
यसअघि नै बाग्मतीमा १२ मन्त्रीहरु नियुक्त भइसकेका छन् । आज ५ मन्त्री थपिएसँगै बाग्मतीमा मन्त्रीमण्डलको संख्या १७ पुग्नेछ । गठबन्धन जाेगाउनका लागि प्रदेश सरकारहरूले मनलाग्दी मन्त्रिपरिषद विस्तार गर्ने गरेका छन् । प्रदेश सरकारकाे आर्थिक भार केन्द्र सरकारलाई पर्ने छ ।