वागमती प्रदेशकाे मन्त्रिपरिषद विस्तार गरिएकाे छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार नेकपा माओवादी केन्द्रबाट तीन र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री तथा एक राज्यमन्त्री थपेका हुन् ।
माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् ।गठबन्धनमा भागवण्डा मिलाउन वागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पुर्याइएको छ ।