नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा विजयी भएकोमा राजेन्द्र लिङ्देनलाई बधाई र शुभकामना दिएका छन्।
उपसभापति निधिले आइतबार प्रेस विज्ञप्ति निकाल्दै राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको उल्लेख गरेका छन्।
लिङ्देन नेतृत्वको राप्रपाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा सहयोग पुर्याउँने निधिले बिश्वास व्यक्त गरेका छन्।