राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महिला महामन्त्री कुन्ती शाही विजयी भएकी छिन् । निकटतम प्रतिस्पर्धी नायिका रेखा थापालाइ पराजित गर्दै शाही विजयी भएकी हुन् ।
शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् ।कुन्ती अध्यक्ष कमल थापा प्यानलबाट र थापा लिङ्देन प्यानलबाट चुनाव लडेकी थिइन् ।