राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले कमल थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको थियाे ।आइतबार बिहान ३ बजेबाट मत गणना शुरु भएको थियो ।शनिबार अबेर रातिसम्म भएको मतदानमा ३ हजार ८ सय ७३ मत खसेको थियो ।
यसैबीच, अध्यक्षमा पराजित थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई बधाई दिँदै मत परिणाम स्वीकार गरेका छन् । तर, उनले पार्टीकाे अान्तरिक प्रतिस्पर्धामा निर्मल निवासकाे नाङ्गाे हस्तक्षेप भएकाे भन्दै भत्सर्ना गरेका छन् ।
सिंगाे देश गणतन्त्रमय भएकाे बेलामा २०६३ सालदेखि राजसंस्था बाेकेर हिँडेकाे पुरस्कार पाइयाे भन्दै उनले एजेण्डाकाे मुल संवाहकलाइ राजनीतिक रूपमा समाप्त पार्न गरिएकाे चेष्टाले राजाकाे भलाे हाेस् भनेर असन्तुष्टि समेत पाेखेका छन् ।