सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ तर सुनुवाइ सुरु हुन सकेको छैन ।सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ ।
ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ । सर्वोच्चमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार अस्पतालमा भर्ना भएकाेमा आज घर फर्केका छन् छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुबाट स्वास्थ्यलाभ गरी घर फर्केका छन् । कोभिड–१९ को सङ्क्रमण निमोनियाका कारण उनी यही मङ्सिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत थिए ।
अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज यहाँ जारी विज्ञप्तिमा प्रधानन्यायाधीश राणा स्वास्थ्य लाभ गरी घर फर्केकाे उल्लेख छ ।