सरकारले भन्याे,'अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजानू'
काठमाडाैं । सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आग्रह गरेको छ ।
सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको हो ।
बुधबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।
हालसम्म विश्वका विभिन्न देशमा फैलिसकेको ओमिक्रोन भेरियन्ट नेपालमा भित्रिन नदिनका लागि सरकारले आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिसकेकाे छ। दक्षिण अफ्रिकी मुलुकबाट आउनेहरुका लागि प्रतिबन्द्ध लगाइसकिएकाे अवस्था छ ।