नेकपा एमालेको १०औं महाधिवेशन १७ बुँदे चितवन घोषणापत्र जारी गर्दै मंगलबार सम्पन्न भएको छ ।आउँदो चुनावमा धेरै जनादेशसहित राज्यको नेतृत्वदायी पार्टीको रुपमा स्थापित हुने उद्घोष गरेको छ ।
अहिले राज्यका तीनवटै अंगले नागरिक विश्वास गुमाउँदै गएको ठहर गरेको छ ।नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फबाट तयार भएको घोषणापत्र वाचन गरेर सुनाएका थिए। सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ ।
महाधिवेशनले एमालेले अघि सारेका योजना रोक्ने, राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुग्ने काम नगर्न सरकारका ध्यानाकर्षण गराएको छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ ।
१० मंसिरबाट शुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बिन पुग्याे ।
यसैबीच,नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज चितवनको सौराहामा सम्पन्न भएको छ ।
बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ । बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न पार्टी पंक्तिलाई निर्देशन दिए ।
पार्टीलाई अझ थप सङ्गठित बनाइ अगाडि बढ्ने उनको भनाइ थियो । ज्ञवालीका अनुसार अध्यक्ष ओलीले यही मङ्सिर २५ र २६ गते केन्द्रीय कार्य समितिको बैठक आह्वान गर्नुभएको छ । यही मङ्सिर १० गते नारायणगढमा उद्घाटन भएको नेकपा एमालेको १०औँ महाधिवेशनले नयाँ कार्य समिति चयन गर्दै आज सम्पन्न भएको हो । केन्द्रीय समिति ३०१ सदस्सीय रहेको छ ।