प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण भएकाे छ ।
स्राेतका अनुसार उनी बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका छन् । पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका राणाले सोमबार दिउँसो स्वाब परीक्षण गराएका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार राणालाई निमोनिया समेत देखिएको छ ।